ओखलढुंगा- मानेभञ्याङ गाउँपालिका वडा नं ३ रिनुवालका आगलागी पीडित भूमिराज राईलाई समाजसेवी वडा नं २ वाक्साका कृष्ण कार्कीले साेलार सहयाेग गरेका छन् ।
आगलागीबाट घरसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएका राईकाे परिवारलाई साेलार सहयाेग गरिएकाे हाे । कार्कीले उपलब्ध गराएकाे साेलार सेट घरैमा हस्तान्तरण गरिएकाे जिनेत मुख्खाचाेले जानकारी दिए । कार्कीले विपदमा परेका व्यक्तिलाई सहयाेग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस