ओखलढुंगा- सिद्धिचरण नगरपालिका १२ गाेगुनेका जल्किनि वनमा आगाे लागेकाे छ । राति १० बजेपछि वन क्षेत्रमा आगाे लागेकाे देखिएकाे स्थानीय सुनिता कट्वालले जानकारी दिइन् । स्थानीयले निभाउने प्रयास गरिरहेका छन् ।
आगाे लाग्नाकाे कारण थाहा नभएकाे कट्वालकाे भनाइ छ । यस अघि हिजाे नियन्त्रणमा आएकाे कुन्तादेवीकाे आगाे फेरि वन क्षेत्रमा सल्किएकाे छ । रात परेपछि वनमा आगाे सल्काउने मान्छे पहिचान नहुँदा दैनिक आगाेले क्षति पुर्याउदै आएकाे छ । आजै मानेभञ्याङकाे वनमा समेत ठुलाे आगाे लागेकाे थियाे । नियन्त्रण प्रयास जारी रहेकाे स्थानीयले बताएका छन् ।
त्यस्तै सिनपा ९ ज्यामिरेकाे वनमा आगाे देखिएकाे छ । यसरी आगाे लगाउने व्यक्ति पहिचान नहुँदा दैनिक वन क्षेत्र र घर जल्दा लाखाैं क्षति हुने गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस