ओखलढुङ्गा- चिशंखुगढी गाउँपालिका वडा नं. ४ को सामुदायिक वनमा भीषण अगालगी भइरहेको छ । मंगलबार रातिदेखि शुरु भएको आगलागी नियन्त्रणमा आउन सकेको छैन ।
आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका ६० जना परिचालन गरिएको छ । आगो नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयका डिएस्पी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । आगो कसरी लागो भन्ने यकीन नभएकाले अनुसन्धान गरिने उहाँको भनाइ छ ।
आगोले वस्तीमा क्षति नपुर्याओस् भनेर सुरक्षाकर्मी वस्ती जोगाउनतिर लागेका छन् । वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो नियन्त्रण प्रयास भइरहेको प्रहरीले जनाएको छ । कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस