ओखलढुंगा- जिल्लामा कोभिड १९ विरुद्ध खोप लगाउन सुरु गरिएको छ । रुम्जाटार अस्पताल र सामुदायिक अस्पताल मिसनमा खाेप शुरु गरिएकाे हाे ।
पहिलाे चरणमा स्वास्थ्यकर्मीलाई लगाउने याेजना अनुसार दुई दिनमा २ सय ८३ जनालाइ दिइएकाे स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।
उनका अनुसार पहिलाे चरणमा १ हजार ३ सय ४० जनालाई खाेप लगाउने याेजना छ । खाेप लाउन स्वास्थ्यकर्मी, महिला स्वयंसेविका, स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्ति तथा सुरक्षाकर्मी प्रथामिकतामा राखेकाे छ ।
स्वास्थ्यकर्मीबाट शुरु गरेपछि सर्वसाधारण निर्धक्क भएर लाउने भएकाे तथा जाेखिममा रहेकाे क्षेत्र समेत भएकाले स्वास्थ्यकर्मी प्रथामिकतामा परेकाे बताइएकाे छ ।
प्रतिक्रिया दिनुहोस