ओखलढुंगा- नेकपा ओलि गुटकाे जिल्ला भेलाले एकताबाट चयन जिल्ला अध्यक्ष माेहकुमार खड्का ‘हिमशिखर’लाई हटाउने प्रस्ताव पारित गरेकाे छ । आइतबार भएकाे भेलामा एकता विराेधी आराेप लगाउँदै खड्कालाई हटाउने प्रस्ताव पारित गरेकाे थियाे ।
अध्यक्ष हटाए पनि साे गुटले अन्यलाई कमिटीमै राख्ने रणनीति लिएकाे छ । जिल्ला ईञ्चार्जकाे जिम्मेवारीमा बालकृष्ण ढुंगेल ल्याउने चर्चा छ । याे गुटमा अधिकाश पूर्व एमाले रहेकाे तथा तत्कालीन माओवादीकाे जिल्ला नेतृत्वमा हुँदा ‘एमाले मुक्त ओखलढुंगा’ बनाउने घाेषणा गरेका ढुंगेललाई कार्यकर्ताले सहज स्वीकार गर्ने अवस्था छैन ।
ओलि समुहका एक जिल्ला सदस्यले भने ‘ढुंगेलकाे इन्ट्री दुर्भाग्यपूर्ण हुनेछ, पहिले एक कदम गलत भएकाे छ, अब फेरि गल्ति भए विद्राेह हुने अवस्था नआउला भन्न सकिन्न ।’ कार्यकर्ताकाे राेजाइ भने भद्र नेताकाे छवि बनाएका किशाेर अधिकारी देखिएका छन् ।
यसपछि अब उक्त गुटकाे अध्यक्ष छान्ने रस्साकस्सी शुरु भएकाे छ । अध्यक्षका लागि सीताराम गुरुङ, केदारबाबु बस्नेत र उत्तम राईकाे दावी देखिएकाे छ । नेकपा एमालेकाे जिल्ला सचिव रहिसकेका शंकर कट्वाल प्रमुख दावेदार हुन् । उनलाई अम्बीर गुरुङकाे साथ छ । हिजाेदेखि भएकाे सहमतिकाे प्रयास टुंगिएकाे छैन ।
जिल्ला कमिटी समेत एकैसाथ घाेषणा गर्ने तयारी रहेकाले समय लागेकाे नेताहरुले बताएका छन् । नेकपाकाे सविककाे १३७ जिल्ला कमिटीलाई सचिवालय बनाएर जिल्लाका ७५ वडाका कम्तिमा ५ जनाका दरले जिल्ला सदस्य बनाइ कार्यकर्तालाई समेट्ने रणनीति छ । जिम्मेवारी बाँडफाँट प्याकेजमा हुने भएकाले समय लागेकाे नेता शंकर कट्वालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस