ओखलढुंगा- प्रतिनिधी सभा विघटन र नेकपा विभाजनले प्रतिगमन ल्याएकाे भन्दै नेकपाकाे युवा संगठनका नेताहरु महास बाेकेर सडकमा
उत्रिएका छन् । सदरमुका ओखलढुंगा बजारमा साेमबारसाँझ राष्ट्रिय युवा संघ नेपालका नेता कार्यकर्ता मशाल जुलुस निकाले । युवा संघका केन्द्रिय सदस्य तथा जिल्ला सह ईञ्चार्ज सन्ताेष मगरकाे नेतृत्वमा मशासल जुलुस प्रदर्शन तथा काेण सभा गरिएकाे हाे ।
युवाहरुले पार्टी एकताकाे पक्षमा र संसद विघटनका विरुद्धमा नारावाजी गरेका थिए । काेण सभामा राष्ट्रिय युवा संघ नेपालका नेता मगरले संसद अदालतले पुनस्थापना गराउने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस