ओखलढुंगा- जनता समाजवादी पार्टीले प्रतिनिधी सभा विघटनकाे विर्द्धमा सदरमुकाम ओखलढुंगामा प्रदर्शन गरेकाे छ । नाराजुलुस सहित सदरमुकाम र खिजीदेम्वा गाउँपालिकामा प्रदर्शन गरेकाे हाे ।
काेण सभामा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलिकाे कदम असंवैधानिक र अधिनायकवादी भएकाे बताए । उनीहरुले संसदीय सर्बाेच्चाका लागि आन्दाेलन आवश्यक भएकाे बताए ।
प्रदर्शन जिल्ला अध्यक्ष नरेश नेम्वाङ्ग, प्रदेश सदस्य धीरेन्द्र रुम्दाली, प्रकाश तामाङ लगायतका नेताहरुकाे अगुवाइमा भएकाे थियाे ।
प्रतिक्रिया दिनुहोस