२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024
हायर एण्ड फायरले नेकपा विभाजन तर्फ

ओलीले केन्द्रीय सदस्य थपे, प्रचण्ड समूहले अध्यक्षबाटै हटाए

  • २०७७ पौष ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • नेकपाको अध्यक्ष पुष्पकमल दाहाल-वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले दुईतिहाईले केन्द्रीय अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेको छ ।

    बबरमहलमा जारी बैठकमा नेता भीम रावलले राखेको ओलीलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित भएको हो ।बैठकमा ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको यो पक्षका नेताहरुले बताएका छन् ।

    उनलाई राष्ट्र हितविपरीत काम गरेको, पार्टी हितविपरीत काम गरेको, अध्यादेश, संसद विघटन र पार्टी निर्णय पटकपटक उलंघन गरेको र संविधानमाथि हमला गरी स्वेच्छाचारी भएको आरोप प्रस्तावमा लगाइएको छ ।

    मंगलबार नै ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बसेको थियो । ओली समूहले साविकको केन्द्रीय कमिटी बैठकलाई विस्तार गरेर ११९९ सदस्यीय बनाएको छ । त्यसलाई महाधिवशेन आयोजक कमिटी भनिएको छ ।

    ओलीले सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञावलीलाई प्रवक्ताकाे जिम्मेवारी दिएकाे छ । याे हायर एण्ड फायर नीतिले अब नेकपा विभाजनकाे डिलबाट निकै तल खसिसकेकाे छ । यसले वाम एकता हुँदै नेकपा बन्दा उत्साहित कम्युनिस्ट पक्षधर मतदाता भने निकै निराश देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस