काठमाडौं- विघटित प्रतिनिधिसभाका सांसद छक्कवहादुर लामाले आफ्नो हस्ताक्षर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्तावमा दुरुपयोग भएको भन्दै आपत्ती जनाएका छन् ।
अर्कै प्रयोजनमा पहिले नै गरेको हस्ताक्षरलाई संसद सचिवालयमा पेश गरिएको भन्दै लामाले आफू प्रधानमन्त्री केपी ओलीको विरुद्धमा नगएको बताएका हुन् ।
हुम्लाबाट तत्कालीन माओवादीको बागी उम्मेदवार बनेर जितेका लामा सांसद निर्वाचित भएपछि नेकपामै जोडिएका थिए । पूर्व माओवादी नेता लामा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका सांसदहरुको भेलामा सहभागी हुन पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस