प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपि शर्मा ओलि
काठमाण्डाै– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएनन् ।
ओली उपस्थित नभए पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको छ । काेराेनाकाे बहानामा नगए पनि भित्री कुरा भने उनी बैठक हुन नदिने रणनीतिमा थिए । साेही अनुसार उनी नजाने भएका हुन् ।
‘धुम्बाराहीको हल सानो छ, त्यहाँ कोरोनाको जोखिम देखेपछि प्रधानमन्त्री जानुभएको छैन, सम्भवतः धुम्बाराहीमा हुने बैठकमा उहाँ जानुहुन्न होला’, प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईँले बताएकाे उज्उयालाेले लेखेकाे छ ।
शनिबारकाे सचिवालयको बैठकमा अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक नबस्न आग्रह गर्नुभएको थियो तर अन्य सदस्यले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएकाले स्थायी कमिटीको बैठक बस्नुपर्ने र दुवै अध्यक्षले सचिवालयमा पेस गरेका प्रस्तावको छलफल गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस