ओखलढुंगा- ओखलढुंगा कोरोना संक्रमण मुक्त भएको छ ।
पछिल्लोपटक आइसोलेसनमा उपचार गराइरहेका ३ जना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएँसगै ओखलढुंगा कोरोना संक्रमण मुक्त भएको हो ।
होल्डिङ सेन्टरमा रहेकाहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय, पुराना संक्रमितसहित स्वाब पठाइएका ४३ जनाकै रिपोर्ट मंगलबार नेगेटिभ आएको थियो । जिल्लामा हालसम्म सुरुदेखि ६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती सबै निको भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस