ओखलढुंगा- रामपुरमा दिउँसै एक महिलालाई लछारपछार पारेर सुनका गहना दुई लुटेराले जिप्ट्याएका छन् । बिहीबारे हटिया भरेर रामपुरबाट घर फर्किने क्रममा मोलुङ गाउँपालिका-४ की रुकमाया खतिवडा लुटिएकी हुन् ।
रामपुर बजारभन्दा केही तलकाे कात्तिके जंगलको भिरमा दुइ पुरुषले करिब डेढ तोला सुनको गहना लुटेको पीडितकाे भनाइ छ । भिरको अप्ठारो बाटोमा माक्स लगाएका अन्दाजी २१-२२ वर्षका जना पुरुषले आँखा छोपी लछारपछार गरेर नौगेडी तिलहरी लुटेर भागेको भनाइ छ ।
लुटेराको खोजी तथा अनुसन्धान भईरहेको रामपुर ईलाका प्रहरी कार्यालयले जनाएकाे छ । लुटेरा टाढाका नभइ बजार भर्न आएका छिमेकी गाउँका हुन सक्ने अनुमान छ ।
प्रतिक्रिया दिनुहोस