प्रेमीसँगको मिलेमतोमा हत्या भएको १४ महिनापछि मानव कंकाल फेला परेको छ । गैंडाकोट–१८ का ४० वर्षीय धनबहादुर सुगरपार्कको कंकाल प्रहरीले उत्खनन् गरेर निकालेको हो । याे नवलपरासीकाे खबर हाे ।
३८ वर्षीया श्रीमती फुलमाया सुगरपार्कले गैडाकोटकै मेखबहादुर सुनारीसँगको मिलेमतोमा श्रीमानको हत्या गरी शव लुकाएको प्रहरीको प्रारम्भिक अनुसान्धानका क्रममा खुलेको छ ।
लामो समयसम्म धनबहादुर सम्पर्कबिहिन थिए । धनमायाका गतिविधि पनि शंकास्पद देखिएपछि प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको थियो ।
अनुसन्धानका क्रममा र धनमायाको बयानका आधारमा उनका प्रेमी मेखबहादुर सुनारीलाई समेत पक्राउ गरी शव लुकाइएको स्थानमा खोजतलास भएको हो ।
घरदेखि करिब १ किलोमिटर टाढा गैंडाकोट–१४ को सुन्दरी सामुदायिक वन क्षेत्रबाट सोमबार राति कंकाल निकालिएको जिल्ल प्रहरी कार्यालयले जनाएको छ
प्रतिक्रिया दिनुहोस