काठमाडौं- नेकपाको सचिवालय बैठक एकाएक स्थगित भएको छ । पेरिसडाँडामा सोमबार दिउँसो १ बजे बोलाइएको बैठक स्थगित भएको हो ।
बैठक मंगलबार बिहान ११ बजे बालुवाटारमा बस्नेगरी स्थगित भएको हो । सचिवालयका एक सदस्यले बताए अनुसार अनुसार मन्त्रीपरिषद् पुनर्गठन तथा बैठकमा प्रस्तावित एजेण्डाहरुको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल भएपछि मात्र बैठक बस्नेछ ।
थप आवश्यक गृहकार्यका लागि बैठक स्थगित भएको बताइएको छ । मन्त्रीपरिषद पुनर्गठन, राजनीतिक नियुक्तिबारे बनाएको सैद्धान्तिक मापदण्डलाई मूर्तरूप दिने प्रमुख एजेन्डा हुनेछ।
यससंगै कोभिड– १९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणापत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिबद्धताहरूको कार्यान्वयनजस्ता महत्वपूर्ण विषयमा बैठक केन्द्रित हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस