काठमाडौं- नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको ग्राफ बढ्दै गएको छ। शुक्रबार एकै दिन २०२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो।
पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ । निषेधाज्ञ र बन्दाबन्दीमा झन् थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस