२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

आइसाेलेसन वार्डबाट कांग्रेस सभापति प्रदिप सुनुवारकाे सन्देश: ‘चाँडै सामाजिक सेवामा फर्किनेछु’

  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित ४ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमित भएर उपचाररत काँग्रेसका जिल्ला सभापति प्रदिपकुमार सुनुवारले विभिन्न हल्ला र अफवाहमा नलाग्न अपिल गरेका छन् । सामुदायिक अस्पताल साेब्रुमा उपचाररत सुनुवारले आफ्नाे स्वास्थ्य ठिक रहेकाे भन्दै उनले  स्वास्थ्यलाभकाे कामना गर्ने प्रति धन्यवाद ज्ञापन गरेका छन् ।

    चाँडै निकाे भएर पुन: सामाजिक काममा जुट्ने अठाेट सुनुवारकाे छ । फेसबुक मार्फत उनले भनेका छन्, ‘आशा छ उच्च मनोवलका साथ कोरोना भाइरस रोग सँग जितेर छिटै सामान्य अवस्थामा फर्कि म ओखलढुंगेली जनताको सेवामा सहभागी हुने नै छु ।’ म‌गलबार उनीसहित जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठसहित ९ जनालाई काेराेना संक्रमण पुष्टि भएकाे थियाे ।

    हेर्नुहाेस् सुनुवारकाे फेसबुक स्टाटस

     सबैमा हार्दिक अनुराेध

             ओखलढुंगा जिल्लाको सामाजिक तथा राजनितिक रुपान्तरणको अभियानमा निरन्तर लाग्दा लाग्दै बिश्वभरि नै माहामारीको रुपमा फैलिरहेको कोभिड- १९ अर्थात कोरोना भाइरसको संक्रमणबाट म अछुतो रहन सकिन कोरोना भाइरस संक्रमणको कारण सामाजिक तथा राजनितिक गतिबिधिमा केहि दिन देखि संलग्न हुन सकेको छैन् । आशा छ उच्च मनोवलका साथ कोरोना भाइरस रोग सँग जितेर छिटै सामान्य अवस्थामा फर्कि म ओखलढुंगेली जनताको सेवामा सहभागी हुने नै छु ।

             मेरो स्वास्थ्य प्रति चासो चिन्ता राख्नु भई सिघ्र स्वास्थ्य लाभको कामना गरिरहनु हुने सम्पूणर् महानुभावज्यूहरु प्रति आभारी हुँदै हाल मेरो स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी गराउदछु । यस्तो महामारीको रुपमा फैलिएको भाइरस कोबाट कसरी फैलियो भन्ने बारेमा जो कोहि जानकार नहुन सक्छ बिभिन्न प्रकारका हल्ला र अफवाहको पछाडी नलाग्न हार्दिक आग्रह गर्दछु ।

           संक्रमित हुने चाहना जो कोहिलाई हुन सक्दैन । कदम कदाचित मैले गरेका क्रियाकलापबाट यस्तो संयोग हुन गएमा क्षमाप्रार्थी छु । तसर्थ जिल्लामा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सावधानी अपनाई सुखद जीवनयापनको लागि जिल्लाबासीहरुमा हार्दिक अपिल गर्दछु ।

    जय नेपाल ।

    प्रतिक्रिया दिनुहोस