ओखलढुंगा- काेराेना संक्रमण शुरु भएर लकडाउन ताका जिल्ला समन्वयकाे गेट नै बन्द गरेर बसेका थिए जयबहादुर श्रेष्ठ । शारीरिक रुपमा अस्वस्थ र उमेर पाकेकालाई बढि जाेखिम हुने सुनेका उनले सजगता अपनाउन गेटमा आवत जावत राेकेका थिए।
काेराेना संक्रमणबारे निकै सचेत, कहिल्यै मास्क नखाेली दुरी कायम गरेरै प्राय: बस्ने प्रदिप सुनुवार समकालीय राजनीतिक नेतृत्वमा बढी नै सचेत देखिन्थे । अहिले यी दुवै जनालाई काेराेना संक्रमण देखियाे । श्रेष्ठ जिल्ला समन्वय समितिका प्रमुख हुन भने सुनुवार काँग्रेस जिल्ला समितिका सभापति ।
जिल्लाका यी दुई ‘भिआइपी’लाई कसरी संक्रमण भयाे त ? धेरै तिर यही बिषयकाे चर्चा छ । मुख्य दुई आशंका छन् । पहिलाे, उनीहरु काँग्रेसकाे क्रियाशील सदस्यता वितरणमा जिल्ला दाैडाहामा थिए । मास स्केलकाे कार्यक्रममा पार्टी प्रवेश र सम्बाेधन धेरै ठाउँमा भए । यसकारण धेरै जनासँग सम्पर्क हुँदा कतै सर्याे कि !
दाेस्राे, समन्वय प्रमुखका परिवारका सदस्य काठमाण्डाैं थिए । करिव दुई हप्ता अघि उनीहरुलाई उनले समन्वयकाे गाडीमा जिल्ला ल्याए । परिवारका सदस्यसँग बस्ने हुँदा उनीहरुमा संक्रमण भएर सरेकाे हुन सक्ने । यसाे हुँदा श्रेष्ठसँग सम्पर्कमा पुगेका अरुलाई सरेकाे हुन सक्छ ।
श्रेष्ठकाे सम्पर्कमा पुगेका सुनुवारलाई उनैबाट पाे सरेकाे हाे कि भनेर धेरैले अनुमान गरेका छन् । यद्यपी कसरी संक्रमण शुरु भयाे भनेर यकिन भएकाे छैन ।
यसरी परिवारका सदस्य ल्याएकाे विषयमा बहस समेत भएकाे थियाे कसैलाई बाटाेबाटै क्वारेन्टाइन लाने ठूलाहरुलाई छुट हुने भनेर । श्रेष्ठकाे सम्पर्कमा पुगेका सुनुवारलाई उनैबाट पाे सरेकाे हाे कि भनेर धेरैले अनुमान गरेका छन् । यद्यपी कसरी संक्रमण शुरु भयाे भनेर यकिन भएकाे छैन । या त उनीहरुलाई यस अघि मानेभञ्ज्याङमा देखिएका संक्रमितसँग कुनै न कुनै हिसाबले सम्पर्कमा पुगेका हुनुपर्छ ।
यति चाँही भन्न सकिन्छ कि यस अघि समुदाय स्तरमा ओखलढुंगामा काेराेना नदेखिएकाले संक्रमित ब्यक्ति बाहिरबाट आएर अरुसँग सम्पर्क हुँदा संक्रमण फैलियाे । याे घटना काेराेना समुदाय स्तरमा पुर्याउन याेगदान चाँही गर्याे नै ।
कांग्रेस सभापति सुनुवारले कुन अवस्थामा संक्रमण भयाे यकिन गर्न नसकेकाे बताएका छन् । उनी लगायत संक्रमितलाई लक्षण देखिएकाे छ । समन्वय प्रमुख श्रेष्ठ र उनका ३ जना परिवार, सभापित सुनुवार तथा अन्य एककाे सामुदायिक अस्पताल साेब्रु (मिसन) मा उपचार भइरहेकाे छ ।
आफुलाई खास समस्या नरहेकाे र सबै जिल्लाबासीलाई सुरिक्षत रहन सुनुवारले अपिल गरेका छन् । उनले आफुले फेसबुक मार्फत स्वास्थ्य अवस्था जनाकारी दिने जनाएका छन् ।
यता सदरमुकाम बजार क्षेत्रमा अत्यावश्यक बाहेक हिडडुल समेत नगर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएकाे छ । संक्रमितकाे सम्पर्क निकै जनासँग रहेकाले जाेखिम बढेकाे भन्दै सबै पालिका तथा सराेकार क्षेत्रमा सचेत रहन स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य पुरा गर्न भनिएकाे छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले अब संक्रमण कसरी सर्याे भन्दा पनि संक्रमितकाे सम्पर्क कतिसँग भयाे भनेर पहिचान गरि बृहत परिक्षणतिर ध्यान दिने बताए ।
प्रतिक्रिया दिनुहोस