२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

प्रदेश १ मा पीसीआर परीक्षण संख्या एक लाख नाघ्दा ओखलढुंगामा कति ?

  • २०७७ भाद्र २२, सोमबार मा प्रकाशित ४ साल अघि
  • ओखलढुंगा-  प्रदेश १ मा कोरोना भाइरसको पीसीआर परीक्षणको संख्या एक लाख नाघेको छ । सोमबार पीसीआर परीक्षणको संख्या १ लाख ३ सय ४८ पुगेकाे हो ।

    सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार १ हजार ८ सय ६० जनाको पीसीआर परीक्षण भएसँगै कुल पीसीआरको संख्या एकलाख नाघेको हो । हालसम्म परीक्षण गरिएका मध्ये ९६ हजार १७१ जनाको रिपोर्ट नेगेटिभ छ । कुल ४ हजार १ सय ७७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार प्रदेश १ मा सवैभन्दा पहिलो पटक स्वाब परीक्षण सुरु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४० हजार ६ सय ४३ जनाको पीसीआर प्रविधीबाट स्वाब परीक्षण भएको छ । विपी प्रष्तिठानले २०७६ चैत १८ गतेदेखि स्वाब परीक्षण सुरु गरिएको थियो ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३१ हजार ३ सय ४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४ सय ३६, मेची अस्पताल झापामा २ हजार ८ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको जनाइएको छ । कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले ०७७ वैशाख १९ र मेची अस्पतालले साउन ३० गते बाट पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा मोरङमा सवैभन्दा बढी ३१ हजार २ सय ६७ जनाको परीक्षण गरिएको हो । परीक्षण गरिएका मध्ये २ हजार ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।सुनसरीमा २३ हजार ६ सय ७९ र झापामा २३ हजार ५ सय ८५ जनाको परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ४ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ ।

    यसरी प्रदेशभरकाे पिसिआर परिक्षणमध्ये ओखलढुंगामा पनि १ हजार नाघेकाे छ । साेमबारसम्म १ हजार ४ सयकाे परिक्षण भएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । यसमध्ये ३१ स‌ंक्रमित भएकाेमा २६ निकाे भएर घर फर्केका छन् । ५ जनाकाे जिल्लामै उपचार भइरहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस