२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कोरोना कसरी सर्छ ? यसबाट कसरी बच्‍ने ?

Thumbnail
  • २०७७ भाद्र २१, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- नेपालमा दैनिक कोरोना भाइरस (कोभिड-१९)  संक्रमितको संख्या बढ्दै गएको छ। संक्रमितको संख्या वृद्धिपछि स्वास्थ्य मन्त्रालयले उपचारका लागि होम आइसोलेसनलाई पनि प्राथमिकतामा राखेको छ। मन्त्रालयका अनुसार संक्रमणको कुनै लक्षण वा चिह्न नभएका (एसिम्टोमेटिक) र सामान्य लक्षण भएका तथा चिह्न भएका (माइल्ड) व्यक्तिहरू आआफ्नै घरमा आइसोलेसनमा राखिएका छन्।

    अधिकांश संक्रमणका बेला सामान्य ‘फ्लू’ जस्तै लक्षण देखिन्छ। यसको संक्रमणबाट ज्वरो आउनु, खोकी लाग्नु, झाडापखाला लाग्नु, श्वासप्रश्वास छिटोछिटो हुनु, श्वास फेर्न कठिन हुँदै निमोनिया समेत हुनथाल्ने लक्षण देखिन्छ।

    कोरोना भाइरसले ठाउँअनुसार फरकफरक असर देखाएको स्वास्थ्य विज्ञले बताउँदै आएका छन्। जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले फेसबुकमार्फत विभिन्न मुलुकमा भएका अनुसन्धानको तथ्यसहित कोरोना कसरी सर्छ ? यसबाट कसरी बच्ने ? भन्ने विषयलाई उजागर गरेका छन्।

    – भाइरस परिवर्तनशील हुन्छ। यसले स्वरूप परिवर्तन गरिरहन्छ। यो कहिले कमजोर हुन्छ, कहिले कडा हुन्छ। नोबेल कोरोना भाइरस नयाँ हो। यसको धेरै अध्ययन हुन बाँकी छ। यसको परिवर्तनशील स्वरूपको कारण WHO, CDC, FDA, वैज्ञानिक, विज्ञ तथा आम अध्येताको धारणा परिवर्तन हुनु स्वाभाविक हो।

    – भाइरस निकै ट्रिकी हुन्छ। भाइरसको ट्रिकीपन अनुसार कदम चाल्नुपर्ने हुन्छ। तसर्थ पहिले यस्तो भन्थ्यो, अहिले यस्तो भन्यो भन्न भाइरोलोजीमा मिल्दैन। पहिले इटलीमा ९ % मृत्युदर थियो । एउटा देशको उदाहरण अर्को देशसँग मिल्दैन। तसर्थ यसको व्याख्या आधिकारिक निकाय र विज्ञबाट हुन्छ, त्यसलाई विश्वास गरौँ।

    –  व्यक्ति आमनेसामने भएर लामो समय कुरा गर्दा, भीडभाडमा जाँदा, भेन्टिलेसन नभएको कोठा वा हलमा कन्सर्ट, नाचगान, भोजभतेर, सेमिनार आदि गर्दा कोभिड १९ सर्ने ठूलो सम्भावना हुन्छ।

    – १५ मिनेटभन्दा धेरै असुरक्षित किसिमले कुनै पनि व्यक्तिसँग ६ फिट नजिक रहेर कुरा गर्दा सर्छ। खोकी तथा छ्युँ गरे छिटो सर्छ।
    – कोरोना संक्रमित व्यक्तिले लक्षणपूर्वको अवस्थामा संक्रमण सार्ने दर धेरै हुन्छ |

    – जति लामो समय अरूसँग कुराकानी गरिन्छ, जति नजिक बसेर कुरा गरिन्छ तथा जति बढी व्यक्तिसँग कुरा गरिन्छ, कोरोना संक्रमण हुने सम्भावना त्यति धेरै हुन्छ। – अन्नपूर्णबाट

    प्रतिक्रिया दिनुहोस