ओखलढुंगा- मानेभञ्ज्याङ गाउँपालिकाबाट १ सय ८० जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको छ । हिजो कोरोना पुष्टि भएपछि आज कन्ट्रयाक्ट ट्रेसिङ गरेर स्वाब परीक्षणका लागि पठाइएको हो ।
मानेभञ्ज्याङ र हर्कपुरका प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी र कन्ट्रयाक्ट ट्रेसिङमा देखिएकाहरुको स्वाब परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए ।
कोरोना मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ४ जना प्रहरी र हर्कपुर हेल्थ डेक्समा कार्यरत एकजना स्वास्थ्यकर्मीमा पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस