ओखलढुंगा- ओखलढुंगामा एकजना स्वास्थ्यकर्मीसहित ५ जनामा कोरोना पुष्टि भएको छ । आज रिपोर्ट आएको १ सय ४ मध्ये ५ जनामा कोरोना पुष्टि भएको हो ।
कोरोना पुष्टि भएकी स्वास्थ्यकर्मी मानेभञ्ज्याङकाे हर्कपुर हेल्थडेक्समा कार्यरत रहेकी थिइन् । यस्तै ४ जना प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।
उनीहरू मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत रहेको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिए । यस अघि संक्रमित प्रहरीसँग सम्पर्कमा रहेका उनीहरुलाई काेराेना संक्रमण देखिएकाे हाे । उनीहरु ड्यूटीमा भने थिएनन् ।
स्वास्थ्यकर्मीमा समेत देखिएपछि कन्ट्रयाक ट्रेसिङकाे काम थालिएकाे भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस