२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

मंगलबार विहानै काेराेनाबाट ४ काे मृत्यु

  • २०७७ भाद्र १६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • ओखलढुंगा- देशका विभिन्न शहरमा मंगलबार विहानै ४ जनाकाे काेराेनाका कारण ज्यान गएकाे छ । वीरगञ्जमा कोरोना संक्रमणबाट बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै दुई पुरुषको मृत्यु भएको हो ।

    बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

    यस्तै, चितवनको चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको हो ।

    त्यसै गरि सिरहाको मिर्चैया नगरपालिका–६ निवासी कोरोना संक्रमित एक पुरूषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ ।

    एक साताअघि अस्पतालमा भर्ना भएका ६५ वर्षका पुरुषको सोमबार राति ९ बजेतिर मृत्यु भएको हो । आइसियूमा राखेर उपचार गर्दागर्दै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस