२०८१ मंसिर १८, मंगलबार | Tue, 03, Dec, 2024

चीनले बनाएको काेराेना विरुद्धकाे खोप बजारमा आउँदै

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ४ साल अघि
  • एजेन्सी– चिनियाँ कम्पनी सिनो फार्मले सन् २०२० को अन्त्यसम्ममा कोरोनाविरुद्धको खोप तयार गर्ने घोषणा गरेको छ । सिनो फार्मका अध्यक्ष लिउ जिंगझेनले खोपको तेस्रो चरणको परीक्षण संयुक्त अरब इमिरेट्स (युएई)मा चलिरहेकाले आगामी डिसेम्बरसम्ममा बजारमा आउने अपेक्षा गरिएको जनाएका छन्।

    अध्यक्ष लिउले आफैंले खोप लिएको जनाउँदै यसको कुनै साइड इफेक्ट्स नभएको जनाएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ।

    उक्त कम्पनीको बेइजिङ र वुहानमा रहेको प्लान्टबाट क्रमशः १०.२ करोड र १० करोड डोज खोप उत्पादन गर्न सक्ने क्षमता रहेको जनाइएको छ। यसको २ डोजको मूल्य १००० युआन हुनेछ। तर यो मूल्य महंगो पर्ने भन्दै चिनियाँ सामाजिक सञ्जालहरुमा चिन्ता व्यक्त गरिएको छ।

    हाल विश्वभर कोरोनाको २ सय खोपको परीक्षण चलिरहेको छ, जसमध्ये २० वटा खोप मानव परीक्षणका लागि तयारको स्तरमा पुगेको दाबी गरिएका छन्।

    प्रतिक्रिया दिनुहोस