काठमाडौं- विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकमा विभिन्न रुपमा पुनः लकडाउन गर्न थालिएको छ ।
यससँगै एक सय २० दिन लकडाउन भोगेको देशबासीबीच फेरि लकडाउन हुने चर्चा सुरु भएको छ । साउन १५ मा बसेको कोरोना निर्देशक समितिको बैठकमा पनि कोरोना बढ्दै गए नयाँ निर्णय गर्ने विषयमा छलफल भएको बताइएको छ ।
लकडाउन खुलेसँगै देशभरि आवतजावत गर्नेको संख्या र संक्रमितको दर पनि बढेको देखिन्छ । सबैभन्दा बढी जनघनत्व भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेको विषयमा सीसीएमसी सचिबालय र उपप्रधान तथा रक्षामन्त्रीको नेतृत्वमा रहेको सीसीएमसी निर्देशक समितिमा छलफल भइरहेको कान्तिपुरले लेखेको छ ।
‘केही दिनलाई परीक्षण दायरा बढाउने र नतिजाको आधारमा निर्णय गर्ने भन्ने कुरा भएको छ’, सीसीएमसी सचिबालयका संयोजक एवम प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब महेन्द्रप्रसाद गुरागाईले भने । -हिमाल पाेष्ट
प्रतिक्रिया दिनुहोस