२०८१ मंसिर १०, सोमबार | Mon, 25, Nov, 2024
काेराेना नियन्त्रण बाहिर

प्रदेश २ मा कर्फ्यू र निषेधाज्ञा !

Thumbnail
  • २०७७ श्रावण १८, आईतबार मा प्रकाशित ४ साल अघि
  • धनुषा-  समुदायस्तरमा कारोना भाइरसको संक्रमणपछि प्रदेश २ का विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश २ को ६ जिल्ला सदरमुकाम भिडभाड हुने स्थानमा निषेधाज्ञा जारी गरिएको हो ।

    सप्तरी सदरमुकाम राजविराज, प्रदेशको अस्थायी राजधानी जनकपुरधाम, महोत्तरी जलेश्वर, रौतहट गौर, बारा कलैया र पर्साको बिरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।

    समुदाय स्तरमा संक्रमित बढेपछि थप संक्रमण रोक्न तयारी पूर्वभ्यास अनुरुप निषेधाज्ञा जारी गरिएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

    समुदाय स्तरमा संक्रमणको आशंकापछि जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि सात दिने निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार जनकपुरधाम उप–महानगरपालिका भित्र निषेधाज्ञा जारी गरेको जनाए ।

    प्रतिक्रिया दिनुहोस