ओखलढुंगा- आर्थिक अभावका कारण उपचार गर्न नसकेर समस्या परेकी माेलुङ गाउँपालिका २ लामिडाडाकी १९ वर्षीया सुनिता दर्जिलाई आर्थिक सहयाेग जुटेकाे छ । उनले खर्च अभावमा उपचारबाट बञ्चित हुनु परेकाे समाचार नागरिक मिडिया लगायत सञ्चार माध्यममा प्रकाशित भएकाे थियाे ।
समाचार प्रकाशन भएपछि समाजसेवी चन्द्र वाम्वुले लगायतले सहयाेग गरिदन दाताहरुलाई अपिल गरेका थिए । पीडितकाे मृगाैला प्रत्याराेपणका लागि ओखलढुंगा सेवा समाज दक्षिण काेरियाले आर्थिक सहयाेग जुटाएर उपलब्ध गराएकाे छ ।
समाजका अध्यक्ष श्रीराम तमुकाे पहलमा दक्षिण काेरियामा रहेका जिल्लाबासी तथा अन्य महानभावहरुले सहयाेग उपलब्ध गराएका थिए । श्रीराम तमुसहितबाट अहिले पीडितकाे खातामा १ लाख ३५ हजार २ सय ८९ रुपैया रकम जम्मा भएकाे समाजसेवी चन्द्र वाम्वुलेले बताए ।
मृगाैंला प्रत्याराेपण महंगाे र जटिल भएकाले निकै खर्चिलाे भएकाे हुँदा सहयाेगी मनहरुलाई सहयाेग जुटाइदिन परिवारले अपिल गरेकाे छ । हाल उनकाे काठमाण्डाैमा उपचार भइरहेकाे छ ।
प्रतिक्रिया दिनुहोस