२०८२ बैशाख ८, सोमबार | Mon, 21, Apr, 2025

स्वास्थ्य चौकीमा ल्याब, पालिका पूर्ण खोप सुनिश्चित

  • २०८२ बैशाख ८, सोमबार मा प्रकाशित ३ घण्टा अघि
  • ओखलढुंगा- मोलुङ गाउँपालिकाले रामपुर स्वास्थ्य चौकीमा ल्याव स्थापना गरेको छ । सामान्य परीक्षणका लागि पनि जिल्लासम्म जानु पर्ने अवस्थालाई मध्यनजर गर्दै पालिकाको व्यापारिक केन्द्रसमेत रहेको रामपुरस्थित स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याब) स्थापना गरि सञ्चालनमा ल्याइएको हो ।

    सोमबार एक कार्यक्रमबीच प्रयोशाला उद्घाटन र गाउँ पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको गाउँपालिकाका रोजगार संयोजक माधव कार्कीले जानकारी दिए । प्रयोगशालामा विभिन्न ४० प्रकारका परिक्षण हुन्छन् । गाउँपालिकाले मूल्य सूचीसहित ल्याबको परिक्षण विवरण समेत सार्वजनिक गरेको छ ।

    ल्याब सञ्चालनमा आएपछि रक्त समुह छुट्याउने देखि दिसा, पिसावलगायतका परिक्षण गाउँमा सुलभ मुल्यमा पाउँदा स्थानीय खुसी भएको समाजसेवी तोयानाथ काफ्‌लेले बताए । गाउँपालिका अध्यक्ष उत्तम राईले पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुका साथै स्वास्थ्य चौकीहरुलाई सम्मान समेत गरेका थिए ।

    पालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई सुधार गर्न प्रथामिकता दिदै आएको छ । यस अघि जनप्रतिनिधी र सरकारी सेवामा रहेका व्यक्तिहरुले आफ्‌ना सन्तानलाई सामुदायिक विद्यालयमै पठाउनु पर्ने निर्णय गरेर कार्यन्वयन गर्न सबै निकायमा परिपत्र गरिसकेको छ । गाउँ पालिका अध्यक्ष उत्तम राईले शिक्षा र स्वास्थ्य नागरिकको पहिलो सवाल भएकाले ती क्षेत्र आफ्‌नो कार्यकालमा सुधार्ने आफ्‌नो योजना रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस