ओखलढुगा- घरेलु तथा साना उद्याेग कार्यालय ओखलढुंगा र करदाता सेवा कार्यालय ओखलढुंगाकाे एक दिने घुम्ति सेवा कार्यक्रम चम्पादेवीमा सम्पन्न भएकाे छ । आइतबार पालिका केन्द्रमा आयाेजना गरिएकाे कार्यक्रममा नयाँ व्यवसाय दर्ता, कर चुक्ता, पान दर्ता तथा नविकरण र कर शिक्षा कार्यक्रम सम्पन्न भएकाे हाे ।
घुम्ति सेवामा घरेलु कार्यालय तर्फ नयाँ १० उद्याेग दर्ता भएका छन् । तीमध्ये वाणिज्य तर्फ ६ र उद्याेग तर्फ ४ वटा रहेका छन् । ८ उद्याेग नविकरण र नामसारी तथा विवरण हेरफेर एक एक वटा भएकाे उद्याेग अघिकृत माेहनराज भट्टराईले जानकारी दिए ।
त्यस्तै करदाता सेवा कार्यालयतर्फ चम्पादेवी गाउँपालिका वडा नं १, पलापु वडा कार्यालयमा एक दिने करदाता शिक्षा तथा बायोमेट्रिक, दर्ता कार्यक्रम सम्पन्न भएकाे छ । उक्त कार्यक्रम अन्तर्गत १९ वटा नयाँ व्यावसायिक पान दर्ता, ४ वटा व्यक्तिगत पान दर्ता, २ वटा अन्तःशुल्क इजाजत पत्र, ४ वटा करदाताको विवरण संशोधन १३ जना करदाताको बायोमेट्रिक अद्यावधिक गरिएकाे कार्यालयले जनाएकाे छ ।
उद्याेग दर्ता तथा नविकरण, पान दर्ता एवं नविकरण र करदाता शिक्षा गाउँमै पाउँदा स्थानीय खुसी भएका छन् । गाउँ घरमै सेवा पाउनु नागरिकका लागि खुसीकाे कुरा भएकाे गाउँ पालिका उपाध्यक्ष दिलमाया थापाले बताइन् ।
प्रतिक्रिया दिनुहोस