ओखलढुंगा- नेपाल निजामती कर्मचारी संगठन ओखलढुंगाको १२ औ जिल्ला अधिवेशन बुधबार सम्पन्न भएकाे छ । अधिवेशनले राेजन खत्रीकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्वािचत गरेकाे छ । समितिकाे उपाध्यक्षमा शान्तिलाल सापकाेटा र अनिता फुयल, सचिव रामहजुर थापा, सह सचिव विनाेद दाहाल र काेषाध्यक्ष हाेमबहादुर थापा रहेका छन् ।
जिल्ला अधिवेशनकाे संगठनका केन्द्रीय उपाध्यक्ष प्रभाष शाहले उद्घाटन गरेका थिए । अधिवेशनमा केन्द्रीय सचिव पदम शाही, जिल्लास्थित पेशागत संगठनका अध्यक्ष तथा प्रतिनिधीहरु, नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञराज सुनुवार लगायत नेताहरुले शुभकामना मन्तव्य राखे ।
अधिवेशनकै अवसरमा सेवा निवृत्त र संस्थापकलाई सम्मान पनि गरिएकाे थियाे । जिल्ला कार्य समिति सदस्य रहेका शेरबहादेर थापा र संस्थापक अध्यक्ष मेखबहादुर खड्कालाई सम्मान गरिएकाे थियाे ।
यी हुन् अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी र संघीय तथा प्रदेश प्रतिनिधीहरु :
१. अध्यक्ष – रोजन खत्री
२.उपाध्यक्ष -शान्ति लाल सापकोटा
३ उपाध्यक्ष- अनिता फुयाल
४ सचीव -राम हजुर थापा
५ सह – सचिब – बिनोद दाहाल
६ कोषाध्यक्ष – होम बा थापामगर
७ सदस्य -लक्ष्मी घिमिरे
८ सदस्य -शसिकला श्रेष्ठ
९ सदस्य -कबिता खड्का
१० सदस्य – भुबन ढकाल
११ सदस्य -मोहन खतिवडा
१२ सदस्य -बिस्नु के सी
१३ सदस्य – झनक धमला
१४ लेखा परिक्षण आयोग संयोजक – राजेन्द्र धमला
केन्द्रिय प्रतिनिधि
१ बिजयकान्त धमला
२सुजन घिमिरे
३ अन्जु कटवाल
४ बालकृष्ण श्रेष्ठ
प्रदेश प्रतिनिधि
१ दिपक राजभण्डारी
२यग्यश्वर दाहाल
३कौशल आचर्य
४ दिब्यराज दाहाल
प्रतिक्रिया दिनुहोस