२०८१ माघ १७, बिहिबार | Thu, 30, Jan, 2025

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई वर्षौं कैद, लाखौं जरिवाना

  • २०८१ माघ १५, मंगलबार मा प्रकाशित १ दिन अघि
  • काठमाण्डाै‌ं-  सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने नाममा कडा कानुन ल्याउने तयारी गरेको छ । सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ‘सामाजिक सञ्जाल ऐन, २०८१’ मार्फत् सञ्जाल प्रयोगकर्तालाई कस्नेगरी कानुन ल्याउन लागिएको छ ।

    उक्त विधेयक आज सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सभामा दर्ता गराएका छन् । फेसबुक, टिकटक, युट्यूब, एक्सलगायतका सामाजिक सञ्जालको बढ्दो दुरुपयोगलाई नियमन साथै नियन्त्रण गर्न विधेयक ल्याएको बताइएको छ । प्रस्तावित विधेयकमा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आर्थिक जरिवाना र जेल सजायसम्मको व्यवस्था गरिएको छ ।

    छद्मभेषी, स्थायी वा अस्थायी समूह, पेज वा अन्य कुनै पनि प्रकारको आइडी खोली मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल हुने गरी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्नेलाई प्रचलित कानुनबमोजिम सजाय हुनेमा सोहीबमोजिम र प्रचलित कानुनमा सजाय उल्लेख नभएको अवस्थामा पाँच वर्षसम्म कैद वा १५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय विधेयकमा प्रस्ताव गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस