काठमाण्डाैं- चीनले भारतलाई यो वर्षदेखि कैलाश मानसरोबर यात्रा पुनः सुचारु गर्न अनुमति दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले राजधानी बेइजिङमा भेट गर्न पुगेका भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको कुराकानीमा उक्त धारणा राख्नुभएको बताइएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार यो वर्षको गर्मी यामदेखि रोकिएको उक्त यात्रा सुचारु हुनेछ । तर त्यसअघि दुबै पक्षबीच यात्रा मोडालिटी तय गरिने छ । त्यसका लागि चीन र भारतले विद्यमान संयन्त्रको परिचालन गर्ने छन् ।
चीन र भारतबीच सिधा हवाई सम्पर्क कायम गर्ने सहमति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । तर, त्यसबारे विस्तृत रुपमा जानकारी दिइएको छैन ।- जनआस्थाबाट
प्रतिक्रिया दिनुहोस