काठमाडौं- नेकपा एकीकृत समाजवादीले ‘संविधान संशोधन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन सुझाव कार्यदल गठनको गृहकार्य अगाडि बढाएपछि नेकपा एसले पनि उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा नेकपा एसले ८ सदस्यीय कार्यदल गठन गरेको हो।
नेपालको संविधानमा संशोधनका सम्बन्धमा अहिले उठिरहेका सबै विषयमा पार्टीको धारणा तय गर्नका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको अपानीमा उल्लेख छ।
संविधान संशोधनको गृहकार्य गर्नका लागि गठित कार्यदलका सदस्यमा उपमहासचिव गरिमा शाह,सचिव गणेशबहादुर विश्वकर्मा, स्थायी कमिटी रामचन्द्र यादव, पोलिटब्युरो सदस्य घनप्रसाद गौतम,पोलिटब्युरो सदस्य राजन राई, गोविन्द बन्दी र शङ्कर सुवेदीले रहेका छन्।
कांग्रेस र एमालेले १७ असार २०८१ भएको ७ बुँदे समझदारीको बुँदा नम्बर दुईमा भनिएको छ, ‘सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख छ।
महामन्त्री गगन थापाका अनुसार कार्यदल गठनको गृहकार्य अगाडि बढिसकेको जनाएका थिए। उनले कार्यदलमा नेपाली कांग्रेसबाट दुई जना, नेकपा एमालेबाट दुई जना राख्ने र कार्यदलले दिएको सुझावका आधारमा अन्य दलहरूसँग छलफल गरिने बताएका छन्।
प्रतिक्रिया दिनुहोस