२०८१ पौष २४, बुधबार | Wed, 08, Jan, 2025

खुम्बुमा बस सेवा, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी घिमिरेसहित सुरक्षा अधिकारी सम्मानित 

  • २०८१ पौष २२, सोमबार मा प्रकाशित १ दिन अघि
  • सोलुखुम्बु- सोलुखुम्बुको शान्ति सुरक्षा मजबुत र जिल्लाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै प्रमुख जिल्ला अधिकारी  अनोज  कुमार घिमिरेसहित सुरा अधिकारी सम्मानित भएका छन् ।  जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केमा आयोजित ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटनको अवसरमा प्रजिअ घिमिरेसहितलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरे ।

    घिमिरेले जिल्लाको शान्ति सुरक्षा मजबुद बनाउन , सरकारी निकायमा आर्थिक पारदर्शीताकायम , खुम्बु पासाङ ल्हामु गाउँपालिका २ सुर्केसम्म सडक पुराउनका लागि महत्वपूर्ण सहयोग गरेको भन्दै पालिकाले एक समारोहबीच यनीहरुलाइ सम्मान गरिएको हो ।  उहाँहरुलाई प्रधानमन्त्री ओलीले  खादा र दोसल्ला लगाइ सम्मानित गरेका थिए ।

    सम्मानित हुनेमा दुर्गा बक्स गण सल्लेरी, गोरकनाथ गण तथा अमिदमन गण सहित सुरक्षा निकायका प्रमुख एवं खुम्बु पासाङ ल्हामु गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकिय अधिकृत र वर्तमान प्रमुख प्रशासकीय अधिकृत, पालिकाका इन्जिनियर तथा प्रवक्ता लाक्पा छिरी लगाय रहेका छन् ।

     खुम्बु क्षेत्रमा पहिलो पल्ट सडक पुगेसँगै उद्घाटन कार्याक्रम प्रधानमन्त्री ओली, भौतिक तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, राष्ट्रिय सभाका सदस्य सोनाम ग्याल्जेन शेर्पा, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की लगायतको  उपस्थित रहेको थियो । मोटरबाटो उदघाटन सङ्गै सो क्षेत्रबाट  अरनिको यातायात प्रा.लिले यात्रु बस सेवा सञ्चालन गर्न थालेको छ ।

    प्रतिक्रिया दिनुहोस