२०८१ पौष २१, आईतबार | Sun, 05, Jan, 2025

समिक्षासहित संविधान संसोधन हुन्छः मीन विश्वकर्मा

  • २०८१ पौष १६, मंगलबार मा प्रकाशित ४ दिन अघि
  • ओखलढुंगा- नेपाली काँग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्माले समिक्षासहित संविधान संसोधनको गृहकार्य शुरु भएको बताएका छन् । नेपाल प्रेस युनियनले ओखलढुंंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले संविधानका कमजोरी र त्रुटी पहिचान गरेर संसोधनका लागि प्रकृया अघि बढेको बताए ।

    २०८२ सालमा संविधान जारी भएको १० बर्ष हुँदैछ, यसमा भएको त्रुटी पहिचान गरेर संसोधन गर्न कांग्रेस एमाले सहमत भएर कार्यदल निर्माण भएको विश्वकर्माको भनाइ छ । विश्वकर्माले भने, ‘कसैले दुई स्थायित्वका लागि दुई दलीय व्यवस्थाका लागि भने, कसैले निर्वाचन प्रणालीका कुरा गरे, हामीले त्रुटी र कमजोरी पहिचान गरि कार्यन्वयनको समिक्षा गरेर मात्रै संसोधन भनेका छौं ।’

    सुशासन र स्थायित्वका लागि नै दुई ठूला दल मिलेको जिकिर गर्दै विश्वकर्माले विगतमा अस्तव्यस्त बनेको अर्थतन्त्र लयमा फर्किन थालेको बताए । उनले अहिलेको सरकार हल्लाभन्दा काममा केन्द्रित भएको दावी गरे । जनतालाई महसुस हुने गरि गठबन्धन सरकारले काम गर्ने बताउँदै २०८२ सालसम्म केपी ओलि नेतृत्वको सरकारले काम गर्ने बताए ।

    ‘२०८२ पछि गठबन्धन भित्रैबाट अर्को सरकार बन्छ, दुई दल मिलेर सरकार बनाउँछन्‌’ उनले भने । लोकतन्त्रका लागि विपीले गरेको त्यागको चर्चा गर्दै उनले काग्रेसले लोकतन्त्र ल्याउन लडेको र संस्थागत विकास गर्न पनि उसकै प्रमुख दायित्व भएकोमा आफुहरु सचेत रहेको तर्क गरे । युवा पलायन रोक्न उद्यमशिलता र गाउँमै स्वास्थ्य, शिक्षा र रोजगार हुनुपर्नेमा उनले जोड दिए ।

    प्रतिक्रिया दिनुहोस