२०८१ पौष २१, आईतबार | Sun, 05, Jan, 2025

रामहरि र अम्वीरबाबुका गाउँका युवा किन गए रास्वपामा ? ताेसिमाकाे यस्ताे स्वागत

  • २०८१ पौष १४, आईतबार मा प्रकाशित ६ दिन अघि
  • ओखलढुंगा- स‌ंघीय प्रतिनिधी सभाका सांसद तथा संसदकाे सुशासन समितिका सभापति रामहरि खतिवडा र पूर्व मन्त्री अम्बीरबाबु गुरुङका गाउँका युवाहरु रास्वपा प्रवेश गरेका छन् । उनीहरुलाई प्रतिनिधि सभाका सांसद तथा रास्वपाका केन्द्रीय सदस्य ताेसिमा कार्कीले पार्टीमा स्वागत गरिन् ।

    मानेभञ्ज्याङ गाउँपािलका २ का मधु कार्की र सिद्धिचरण नगरपालिका ५ सानीटारका सानुराम दाहाल रास्वपामा प्रवेशग गरेका हुन् । उनीहरुलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिने रास्वपा नेता राजन दाहालले बताए । जिल्लामा सधैं चुनाव जितेर सत्तामा रहेका नेताहरुले विकासका काम गर्ने भन्दा जनता छल्न थालेपछि रास्वपा राेजेकाे उनीहरुले बताएका छन् ।

    जिल्ला भेलामा उनीहरु पार्टी प्रवेश गरेका हुन् । रास्वपाकाे ११ सदस्यीय जिल्ला समिति पनि चयन भएकाे छ । सभापति कृष्ण थापा उप सभापति इन्दिरा अधिकारी, सचिव कुमार चाैलागाइ, सह सचिव विष्णु प्रसाद पाेखरेल रहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस