ओखलढुङ्गा- जिल्ला समन्वय समितिका प्रमुख टेकराज भट्टराईले पत्रकारहरुलाई स्वच्छ आलाेचना र खबरदारी गर्न आग्रह गरेका छन् । समन्वय समितिकाे प्रमुख पदकाे पदभार ग्रहणपछि पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै उनले स्वच्छ आलाेचना र खबदारीले सहि बाटाेमा हिड्न प्रेरित गर्ने बताए ।
सहिलाई सहि र गलतलाई गलत भन्न सक्नु पर्ने उनले बताए । सत्ता निरंकुश हुने र गतलबाटाेमा जान सक्ने भएकाले तथ्यका आधारमा पत्रकारहरुले खवरदारी गर्नु पर्नेमा जाेड दिए । उनले भने ‘गलत भएमा गलतै भनेर लेखिदिनुहाेस् आलाेचना सुन्न सक्नु पर्छ।’ स्वाच्छ आलाेचना आफूलाई सधैं स्वीकार्य रहेकाे भन्दै आलाेचना सुन्न र सुधार गर्न नचाहने प्रवृत्तिले राजनीतिमा वितृष्णा पैदा भएकाे उनले बताए ।
सञ्चारकर्मीहरुले उनलाई समन्वयकाे क्षेत्राधिकार समन्वयात्मक र अनुगमनकाे काम भएकाले सुशासन कायम गर्न प्रभावकारी काम गर्न सुझाव दिएका थिए । उनले आफु सबैसँग सहकार्य गरेर काम गर्ने भन्दै सबै मिलेर केही गर्न सकिने बताए ।
प्रतिक्रिया दिनुहोस