ओखलढुंगा- जलजलेश्वर महादेवकाे मन्दिर र माेलुङ, साेलुङसहित तीन नदी (खाेला) काे संगममा रहेकाे सम्म फाँट धार्मिक दृष्टिले तीर्थाटन हुने स्थलका रुपमा परिचित हाे सुनकाेसी र माेलुङकाे सिमानामा रहेकाे त्रिवेणीधाम जलजले ।
यहाँ बाला चतुर्दशीमा भव्य मेला लाग्छ । दर्शनार्थीहरु हजाराैंकाे भीड हुन्छ । सम्म मैदानमा रहेकाे खेतकाे बिच भागमा जलजलेश्वर महादेव तथा आवासीय संस्कृत पाठाशाला छ । अखण्ड दिप प्रज्वलन र रुद्राभिषेक हुन्छ ।
हेर्दै रमणीय देखिने यस क्षेत्र अन्नकाे भण्डार पनि हाे । यहाँकाे जलजलेश्वर मन्दिरमा २०८२ फागुनमा चर्चित कथावाचकहरु ल्याएर शिव पुराण ज्ञान महायज्ञ सञ्चालन गरिदैछ । यहाँकाे विकास तथा दुईवटा संस्कृत पाठशालाहरुकाे उन्नयनमा याेगदान दिन ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएकाे हाे ।
धार्मीक पर्यटन तथा तिर्थाटनका लागि चर्चित सदरमुकाम ओखलढुंगाबाट २०-२२ किलाेमिटर दुरीमा रहेकाे त्रिवेणीधाम जलजलेकाे कात्तिक पहिलाे साता देखिएकाे साैन्दर्य तस्वीरमा हेर्नुहाेस् ।
प्रतिक्रिया दिनुहोस