२०८१ भाद्र २९, शनिबार | Sat, 14, Sep, 2024

ओखलढुङ्गा क्याम्पसको सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुरु

  • २०८१ श्रावण १९, शनिबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा-  सामुदायिक उत्तरदायित्व अन्र्तगत ओखलढुंगा क्याम्पस, ओखलढुंगाको सप्ताह व्यापी खेलकुद प्रतियोगिता शुरु भएको छ । सप्ताहको पहिलो दिन सदरमुकाम ओखलढुंगामा शनिबार दुई खेलकुद प्रतियोगिता सम्पन्न भए ।

    विद्यार्थीहरुको क्षमता विकास गर्ने र क्याम्पसको सेवालाई समुदायस्तरमा पुर्याउने उद्देश्यले खेलकुद सप्ताह आयोजना गरिएको क्याम्पस प्रमुख ईन्द्रप्रसाद तिमल्सेनाले बताए । शनिबार फुटसल र टेबल टेनिश प्रतियोगिता सम्पन्न भए । खेलकुद सप्ताहको उद्घाटन क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोहनकुमार श्रेष्ठले गरेका थिए ।

    दुवै प्रतियोगितामा ओखलढुंगा क्याम्पसका अध्ययनरत र पूर्व विद्यार्थीहरु सहभागी थिए । फुटसलमा ओखलढुंगा क्याम्पस समुह ख विजेता बनेको छ । समुह क लाई ४ का बिरुद्ध १० गोल गर्दै ख बिजेता बनेको क्याम्पसको कम्युनिटी आउटरिच एण्ड एक्स्टेन्शन समितिका प्रमुख तथा खेलकुद व्यवस्थापक स्कन्द श्रेष्ठले जानकारी दिए ।

    विजेता र उप विजेता खेलाडीहरुलाई सिल्ड प्रदान गरिएकाे छ ।

    सिंगल टेबल टेनिसतर्फ ६ टिम सहभागी भएकोमा विकास कट्वाल प्रथम भए । उनका प्रतिद्वन्दी समिर खड्का उप विजेतामा सिमति रहे । श्रेष्ठका अनुसार आइतबार सिंगल र डबल व्याडमिन्टन प्रतियोगिता हुने छ भने भलिबल र चेस प्रतियोगिताको तयारी भइरहेको छ ।

    समुदायस्तरबाट २०४२ सालबाट सञ्चालनमा रहेको उक्त क्याम्पसमा स्नातकोत्तर तहसम्म अध्यापन हुँदै आएको छ । स्नातक तहमा शिक्षा शास्त्र, मानविकी र व्यवस्थापनको पढाइ हुन्छ । जिल्लाकै सबैभन्दा पुरानो क्याम्पसमा ५ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस