२०८१ भाद्र २९, शनिबार | Sat, 14, Sep, 2024

ओखलढुङ्गा क्याम्पसद्वारा रक्तदान र विरामीलाई फलफुल वितरण

  • २०८१ श्रावण १९, शनिबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा- ओखलढुङ्गा  क्याम्पसद्वारा सामुदायिक अस्पताल साेब्रुमा रक्तदान गरेकाे छ । क्याम्पसकाे सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तादान तथा विरामीलाई फलफुल बितरण गरिएकाे क्याम्पसका उपप्राध्यपक युवराज दाहालले नागरिक मिडियालाई बताए ।

    समुदायमा क्याम्पसकाे भुमिका बढाउन र सचेतना अभिवृद्धि गर्दै समाजिक सेवा भाव जगाउन सामुदायिक उच्च शैक्षिक संस्थाहरुले भूमिका खेल्नु पर्ने दाहालले बताए ।  साे उद्देश्य पुरा गर्न क्याम्पसले कार्यक्रम आयाेजना गरेकाे दाहालकाे भनाइ छ ।  क्याम्पसका विद्यार्थी पूर्व विद्यार्थी र प्राध्यापकहरुले रक्तदान गरेका थिए ।

    त्यस्तै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष माेहन कुमार श्रेष्ठ क्याम्पस प्रमुख इन्द्रप्रसाद तिमल्सेनासहितकाे उपस्थितिमा अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस