२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

खर्च अभावले डम्बरबहादुरकाे मृगाैला प्रत्याराेपण हुन सकेन

  • २०८१ श्रावण ८, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ओखलढुंगा- चिश‌ंखुगढी गाउँपालिका ३ दियालेका १४ वर्षीय डम्बरबहादुर मगरकाे खर्च अभावमा मृगाैला प्रत्याराेपण हुन सकेकाे  छैन । उनी लामाे समयदेखि काठमाण्डाैमा उपचाररत छन् ।

    दुवै मृगाैलाले काम नगर्ने भएपछि डायलसिस गराए पनि अनिवार्य प्रत्याराेपण गर्नु पर्ने डाक्टहरुले सुझाएका छन् । तर मृगाैला दिन उनका बाबु तयार भए पनि खर्च अभावले हुन सकेकाे छैन ।

    छाेराकाे उपचारका लागि  मगर परिवारले घरखेत सकेका छन् । प्रत्याराेपणका लागि सहयाेग गरिदिन उनीहरुकाे अपिल छ । उनलाई सहयाेग गर्नका लागि ग्लाेबल आइएमी बैंककाे   DAMBAR BAHADUR MAGAR  काे नाममा रहेकाे खाता नं २९२०७०१००१९५२१ मा सहयाेग रकम जम्मा गर्न सकिने परिवारले जनाएकाे छ ।

     

    प्रतिक्रिया दिनुहोस