२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
लथालिङ्ग बन्दै एमालेकाे संगठन

गुटबन्दीले एमालेकाे पालिका अधिवेशन गर्नै सकस, खड्का भन्छन्- ‘साथीहरुले असहयाेग गरे’

  • २०८१ अषाढ १४, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • ओखलढुंगा-  चरम गुटबन्दीले एमाले ओखलढुंगाकाे संगठन लथालिङ्ग बनेकाे छ । गुटबन्दीकै कारण दुई पालिकाकाे अधिवेशन गर्न समेत एमाले असफल भएकाे छ । जिल्ला अधिवेशनमा दुई समुहमा विभाजन भएकाे एमालेमा अधिवेशनपछि झन् गुटबन्दी माैलाएकाे छ ।

    त्यही गुटबन्दीकाे असर अहिले पालिका र वडासम्म पुगेकाे छ । वर्तमान नेतृत्वले आफ्नाे गुणगान नगाउने कार्यकर्ताहरुलाई बहिस्करणमा पार्ने काम गरेकाे एमालेकै नेताहरु गुनासाे गर्न थालेका छन् ।

    जिल्लापछि गरिएकाे पालिका अधिवेशनहरुमध्ये केही पालिकामा चर्काे विवादकाबीच कमिटी घाेषणाा गरिएपनि बैठक बसेर काम गर्न सक्ने अवस्था छैन ।  दुई पालिकाकाे त पटक पटककाे प्रयासमा पनि अधिवेशनमा गणपुरक संख्या नपुगेर स्थगित भएकाे थियाे । मनेभञ्ज्याङ्ग र माेलुङ गाउँपालिका कमिटीमा यस्ताे समस्या छ ।

    वर्तमान जिल्ला नेतृत्वले चाहेका व्यक्तिलाई अधिवेशनका नाममा कमिटीमा घाेषणा गर्न लागेपछि पालिकामा क्रियाशील नेता कार्यकर्ताहरुले अघाेषित रुपमा अधिवेशन बहिस्कार गरेका थिए ।

    अधिवेशन हुन नसकेकाे विषयमा एमाले जिल्ला अध्यक्ष जिवी खड्काले स्थानीय साथीहरुकाे असहयाेगका कारण नभएकाे प्रतिक्रिया दिए । उनले नागरिक मिडियासँग भने- ‘जिल्लाबाट कुनै अवराेध र हस्तक्षेप छैन तर स्थानीय साथीहरुका कारण अधिवेशन भएन ।’

    जिल्ला अधिवेशनबाट शुरु भएकाे चरम गुटबन्दी अहिले वडा तहमा पुग्दा एमालेका सबै कमिटीमा वर्तमान जिल्ला नेतृत्वकाे पक्ष र विपक्ष गरि दुई भागमा बाँडिएकाे छ । पालिका अधिवेशनमा वडा कमिटी नै उपस्थित नहुने अवस्था आएपछि जिल्ला अध्यक्ष खड्का आन्तरिक विज्ञप्ति भन्दै एउटा सर्कुलर जारी गरे । त्यसमा स्थानीय कमिटी अराजक भएकाे भन्दै जिल्लाकाे निर्देशन नमानेकाले कारवाहीकाे चेतावनी समेत दिइएकाे थियाे ।

    अधिवेशन हुन नसकेकाे विषयमा एमाले जिल्ला अध्यक्ष जिवी खड्काले स्थानीय साथीहरुकाे असहयाेगका कारण नभएकाे प्रतिक्रिया दिए । उनले नागरिक मिडियासँग भने- ‘जिल्लाबाट कुनै अवराेध र हस्तक्षेप छैन तर स्थानीय साथीहरुका कारण अधिवेशन भएन ।’

    एमाले वृत्तमा उक्त आन्तरिक विज्ञप्तिकाे निकै चर्चा थियाे । ‘आन्तरिक त सर्कुलर हुन्छ,  विज्ञप्ति सार्वजनिक गर्न लेखिन्छ । सर्कुलर र विज्ञप्तिकाे भेद नभएका नेताहरु पार्टीमा भएपछि के हाेला ?’  भन्दै कार्यकर्ताहरुले उडाएका थिए ।

    आफ्नाे पक्षमा नलाग्ने नेता कार्यकर्ताहरुलाई कमिटी र जिम्मेवारी बिहिन बनाउने वर्तमान जिल्ला प्रदेश र केद्रसम्मका नेताहरु लाग्ने गरेकाले एमालेकाे संगठन लथालिङ्ग बनेकाे एमालेका एक जिल्ला सदस्यले नाम नबताउने शर्तमा बताए ।

    उनले अघि भने ‘एमालेमा यति तानाशाही प्रवृत्ति हुर्कियाे कि केही सुझाव, प्रतिक्रिया दियाे, बाेल्याे भने भाेलिबाटै समाप्त पार्न लाग्छन् नाम चै‌ नलेख्नु हाेला है ।’

    जिल्ला अधिवेशनमा बरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल, प्रदेश अध्यक्ष घनश्याम खतिवडा नेता शेरधन राई, जिल्ला ईञ्चार्ज खगेन्द्र हरुले समर्थन गरेकाे गुट निर्वाचित भएपछि फरक गुटका नेता कार्यकर्तालाई खेद्न थालिएकाे गुनासाे छ ।

    जिल्ला अधिवेशनमा गुटबन्दी गरेकाे भन्दै प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई पार्टी केन्द्रले पत्र नै लेखेर सचेत गराएकाे थियाे । अधिवेशनकाे बन्द सत्रमै जिल्ला अध्यक्ष शंकर कट्वालले प्रदेश अध्यक्षलाई पत्र नै लेखेर पार्टी त्यागेका थिए । त्यस यता एमालेका इमान्दार कार्यकर्ताहरु निराश मात्र भएका छैनन् अधिवेशनमा प्रतिनिधी आएका १३ जनाले एकिकृत समाजवादीमा सदस्यता नविकरण गरेर फर्किएका छन् ।

    पार्टीका नेताहरुमा कमरेडली भावना हाेइन शत्रुजस्ताे नदेखिएकाे कार्यकर्ताहरुकाे भनाइ छ । पार्टीहरुमध्ये व्यवस्थित र पारदर्शी मानिएकाे एमालेमा यस पटक आर्थिक हिसाब समेत अपरदर्शी भएकाे गुनासाे बढेकाे छ । अधिवेशनमा प्रतिनिधीहरुलाई खुवाएकाे खानाकाे पैसा समेत एमालेले तिर्न सकेकाे छैन । नेताहरु भने अघिल्लाे कमिटीकाे हिसाब नआएकाले समस्या भएकाे भन्दै पन्छिन थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस