२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

आधारभूत स्वास्थ्य केन्द्र फुलबारीलाई वडा अध्यक्ष थापाद्वारा उपकरण हस्तान्तरण

  • २०८१ अषाढ १३, बिहिबार मा प्रकाशित २ महिना अघि
  • ओखलढुंगा- चम्पादेवी गाउँपालिका वडा नं. ७ स्थित आधारभूत स्वास्थ्य केन्द्र फुलबारीलाई वडा अध्यक्ष सुरेश थापाले विद्युतीय र मेडिकल सामग्री हस्तान्तरण गरेका छन् ।

    थापाले स्वास्थ्य केन्द्रलाई  वडाकाे बजेट विनियाेज गरेर सामग्री हस्तान्तरण गरेका हुन् । ल्यापटप, डेक्सटप, प्रिन्टर तथा विभिन्न १५ प्रकारका मेडिकल सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

    वडामा स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी र शुलभ बनाउन वडाबाट सहयाेग गरिएकाे थापाले नागरिक मिडियालाई बताए । वडाबाट सामग्री पाएपछि कार्य सम्पादन र सेवा प्रवाह प्रभावकारी हुने स्वास्थ्य केन्द्रले जनाएकाे छ ।

    हेर्नुस् वितरण गरिएकाे समग्रीकाे सूची 

    प्रतिक्रिया दिनुहोस