प्रदेशिलाई भाबनात्मक रुपमा अलि बढिनै सताउछ। चाडबाडमा हामी प्रदेशीहरू दु:ख सु:खका अमिट घट्ना हरु सेयर गर्छौ।
यहीँ क्रममा एक जना दाइ दुबाईमा ट्रेनिङ गर्न आउनु भएको थियो। उहाँले गम्भीरतापूर्वक म मेरो जिबनको एउटा घट्न सुनाउँछु तिमिहरुलाई नि प्रेरणा मिलोस भन्नु भयो।
हामी सबैजना खुशि भयौ उहाँ धेरै माथिल्लो पोष्टमा भएर पनि नेपालिको नाताले हामी सगं आत्मियता साटसाट गर्न खोज्दा हामी उत्सुक भयो। दाईले भन्नुभयो ‘हामी पहाड बाट हामी स-सानो हुँदा नै दु:ख पाएर तराई झरेका थियौ।
पहाडमा दशैं तिहार बहुत रमाइलो हुन्थ्यो।’ मेरो घरमा चेलीबेटी नभएर पनि होला मेरो अंकलको छोरीले बहुतै माया गर्नु हुन्थ्यो । दिदी बहिनी नभएको कहिल्यै आभास भएन, म दिदिलाई दंशै लागे पछि के -के डिमान्ड गर्थें । कहिले उनको टोपी, कहिले पन्जा ,कहिले जुत्ता, ल्याइदिनु ल भन्थे ।
‘हस, तर पैसा त छैन, तर रातभर भेैलि खेल्छु तँ नि साथि आईज बिहान उतै बाट रोजाएर किन्दिन्छु ल’ दिदिले भनेको सम्झिदा आज पनि मन साह्रै दुख्छ। दिदिले एसपालि त टीका मात्रै लाइदिन्छु है, भन्दै जिस्काउनु हुन्थ्यो। तर तिहारमा मैले भनेको कुरामा अरु पनि के- के कुरा थपेर दिनु हुन्थ्यो।
मलाई दिदि सगं सधैं आशा लाग्ने बानि परेछ। हरेक तिहारमा दिदी सगैं भए के दिनु हुन्थ्यो होला जस्तो लाग्छ। एक पटक सानोमा भाईटिकाको दिन म ममिसगं मामाघर गएकोले दिदिले भोलि पल्ट सम्म केही नखाई कुरेर टीका लगाईदिनु भएको रे । हामी तराई आए पछि दिदी सगं भेट भएन,सुरुका केही बर्ष कन्ट्याक भए पनि पछि पछी हुन छाड्यो।
तराईमा छरछिमेक सगं समन्ध बलियो बनाउन आमाको करमा एक पटक टीका लगाएँ तर मलाई सार्है खल्लो लाग्यो । मेरी दिदिको जस्तो आश्था र श्रदा कसैको पनि देखिन। त्यस पछि मैले दिदिको हात भन्दा कसैको टीका लगाउदिन भने,। पछि दिदिले पनि भाईको निधार खालि हुन्छ भन्ने थाहा पाएर खालि नराख्नु मेरो भाईको जम्मुहाड म जहाँ बाट पनि फोर्ने छु । भन्नु भएको रैछ । तर मलाई देखावटि टिका मन नै परेन।
‘हस, तर पैसा त छैन, तर रातभर भेैलि खेल्छु तँ नि साथि आईज बिहान उतै बाट रोजाएर किन्दिन्छु ल’ दिदिले भनेको सम्झिदा आज पनि मन साह्रै दुख्छ।
दिदिले एक पटक तिहारमा एकान्तमा म र भाईलाई सोध्नु भएको थियो। ‘तिमिहरू दिदी महिनावारी भएको बेला दिदिलाई टिका लगाई दिन्छौँ कि लगाईदिदैनौ ?’ “लगाईदिन्छौँ नि।” दिदिको के गल्ति र भनेर जबाफ दियौँ।
यो बिषयमा लामो कुरा भएना मलाई लाग्यो दिदिले सहमति माग्नु भएको हो कि वा भयो भने के गर्ने भन्नु भएको पत्तै भएन।त्यो समयमा यो प्रश्न कान्तिकारी थियो, नियम कडा थियो।
धेरै बर्ष पछि दिदिको बिहेको निम्ता आएको थियो हामी जान सकेनौं। समय बित्दै गयो बर्षौ सम्म पनि हाम्रो भेट भएन ।
तराईमा हामिलाई झन दु:ख भयो पहाड बाट सु:ख पाउन गएको दु:ख पाएछ भन्थे रे दिदी सधै यो बिषयमा गाँउले सँग बिबाद गर्नु हुन्थ्यो रे ।
अनि हामी तराई बाट काठमाडौं गयौं त्यसपछि हाम्रो कुनै कन्ट्याक भएन। हामी हाम्रै संसारमा भुल्यौ, दिदिले नि भुल्नु भयो होला जस्तो लाग्यो । ३ बर्ष पहिले एक टोलि भैलि आएका थिए उनिहरुले गाएका शब्द सुनेर मेरा अतित बल्झियो मेरा गह भरिएका थिए केही लाईन मलाई याद छन्।
हरफ यस्ता थिए,
सयपत्रि पुल फुलेको देखे टिपेको देखिन्न ,
भाईटिका सबको भागमात्र लेखेर लेखिन्न ।
यमराजले पनि कुर्छ रे मौका
जस्लाई दुबो र तेलले छेकिन्न
तिहारको टीका सबैको भागमा लेखेर लेखिन्न।।
सायद मेरो भाग्यमा पनि रहेनछ झैं लाग्यो । दिदी नआए पनि म जानू पर्ने अब यसपालि त समय पनि रहेन। कयौं दिदी भाई को झगडा हुन्छ, तर पनि तिहारमा दिदीबहिनी देखेपछि सबै भुलेर रमाइलो गर्छन,भाईटिका लगाउँछन ,तर मेरी दिदिले कहिले चर्को बोल्नु भएन सधैं भलो चित्ताउनु भयो। मनमनै गुनासो पोख्दा पोख्दैं निदाएछु ।
कानमा पनि दिदिको आवज गुन्जिय झैं भयो “अहिले पनि आठ बजे सम्म सुत्छ है यो साने।” झल्यास्स बिउँझिदा दिदी अगाडि भए झै लाग्यो ! म त फेरी आखाँ मिच्न थालेछु दिदिले कपाल सुम्सुमाउनु भयो बच्चा बेलाको झैं दिदिको माया महसुस भयो। दिदी औधि खुशि हुनु भयो, मेरो खुशिको सिमा रहेन।
दिदि र आमाका गन्थन मैले परै बाट सुनिरहेको थिएँ । दिदिले आमालाई हेर्दै भन्नु भयो ‘ज्वाइँ ईन्डिया गएपछि अबस्था सुध्रियो मैले ऋण धन गरेर खेत किने । अब दाल चामल खान पुग्छ ।
यहाँ सकिएपछि मलाई भन्नु, म दाल चामल पठाईदिन्छु । आमा पिर नगर्नु भाई लाई पनि इन्डियामा लगेर ज्वाईको कम्पनिमा काम सिकाउने सल्लाह भएको छ, ज्वाइँ र मेरो। दिदिले भाबुक हुँदै थप्नु भयो ‘तपाईहरुको दु:ख छ, भन्ने त थाहा थियो तर मेरो झन दु:ख थियो । कुरा गर्दा गर्दै टीका को साईत भयो।
दिदिले मलाई हेर्दै, ‘ तैले सानोमा मागेको सबै कुरा मैले तिहारमा दिन्थे तिहारमा तेरो भाग्यले होला मसगं पैसा हुन्थ्यो, बरु त हिडे पछि भएन हा हा (मुस्कुराउदै)’ टीका लगाए पछि हेर तलाई के उपहार ल्याईदेको छु !
प्रत्येक तिहारमा मैले कान्छो भाईलाई जत्तिको सामान किन्थे उत्तिकै पैसा तेरो भाग छुट्याउथे र जम्मा गर्थे। ती पैसाले के ल्याको छु थाहा छ ? दिदी मुस्कुराउनु भयो, हामी उत्सुक भयौं।
अब तेरो गाडि भाडाले खाजा खाने पैसा बंच्छ। भन्दै पर्दाले छोपेको साइकल तलाई उपहार भन्दै दिनु भयो। गाउँमा मास्टर दाईले सिलाएका कपडा पनि छ नि लगाईदिन्छु भन्दै फेरिदिनु भयो।
फेरि हाँस्दै। घर बेटिलाई पनि ल्याईदेको छ। ,तपाईका आफान्त कम्जोर छैनान भनेर देखाउन भन्दै मजाक गर्नु भयो।
दिदिको आत्मियता, माया र समर्पण देखेर आमा त अंगालो हालेर रुन थाल्नु भयो मेरो पनि भक्कानो फुट्यो।
दिदिले गरिब हुदा यति माया गर्दि रछिन भन्ने महसुस भयो हाम्रो आर्थिक अबस्था धेरै राम्रो भएको थियो दिदिलाई थाहा थिएन। पछि आमाले भन्नु भयो । छोरी यो घर हाम्रै हो त्यो कपडा मेरो भयो भन्दै हंसाउनु भयो ।
आमाले गम्भीरतापूर्वक थप्नु भयो दु: ख पाएपछी हामी जग्गा बेचेर काठमाडौंमा जग्गा किन्यौ । पछि पलटिङ गरि घडेरी भए, अनि छोराले गार्मेन्ट र पानी सप्लाई कम्पनी खोल्यो। अहिले १८-२० ओटा गाडि छन्।
स्टाफ बस्ने दुटा घर छन् ६०-७० जना काम गर्छन छोरा देश बिदेशमा काम परेर गैरहन्छ। तर पनि तिमी मनकि यति धनि रैछौ छोरी तिमिहरुलाई हामिले बिर्सेछौ। स्वार्थी बनेछौ छोरी माफ गर है।
मैले दिदिको खुट्टा ढोग्दै भने १८-२० वटा गाडि भन्दा मेरी दिदिको साईकल मेरो लागि प्राण प्रिय छ ,भन्न नपाउदै मेरो गला अबरुद्ध भयो । दिदिको संस्कार र श्रदाले म नतमस्तक भए माफ मागे त्यसपछि दिदिलाई मैले सकेको सेवा गरे।
आज दिदिले मेरो कम्पनि डबल नाफामा चलाउनु भएको छ। बेला बेला भन्नु हुन्छ मेनेजर त बनाईस भाई तर इङलिस मा त मेनेजर लेख्न नि आउदैन भन्दै हसाउनु हुन्छ।
आज पनि आमा पछि दिदी कै भरोषा लाग्छ आमा पाछिकि आमा दिदी रैछिन झै लाग्छ। मेरो जसरी त्यति माया गर्ने दिदिलाई भुलेर यसरी पश्चातप हुने काम कसैले पनि नगर्नु है।’ यति भनेर ‘तिहारको शुभकामना भाइहरू’ भन्दै दाइ छुट्नु भयो।
-उसब बुढाथोकी, हाल युएइ (दुबइ)
प्रतिक्रिया दिनुहोस