ओखलढुंगा- नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूकाे जिल्ला भेला सकिएकाे छ । भेलाबाट २५ सदस्यीय जिल्ला कमिटी चयन भएकाे छ । युवा तथा विद्यार्थीकाे संयूक्त भेलाबाट युवा तथा विद्यार्थीकाे जिल्ला कमिटी गठन गरिएकाे नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष मेखबहादुर खड्ले बताए ।
कमिटीकाे अध्यक्षमा राेशन दाहाल, सचिवमा साेनिया धमला, काेषाध्यक्षमा प्रनिसा ठटाल रहेका छन् । त्यस्तै सदस्यहरुमा यामचन्द्र कार्की , प्रविन ठटाल, रचना खडका , एलिना कार्की, प्रवेश राई, निखिल शाह, इन्द्र खत्री लगायत रहेका छन् । केही पदाधिकारी तथा सदस्य अन्य सगठनबाट प्रवेश गर्नेलई जिम्मेवारी दिन राखिएकाे बताइएकाे छ ।
युवा तथा विद्यार्थीहरुमा अन्य दल निकट रहेका पदाधिकारीहरु असन्तुष्ट रहेका तथा निति तथा विचार विहिन संगठनमा बसेर काम गर्न नचाहेका व्यक्तिहरुलाई प्रवेश गराएर जिम्म्वारी दिने तयारी भएकाे युवा तथा विद्यार्थी ईञ्चार्ज अमृत सागरले बताए ।
प्रतिक्रिया दिनुहोस