ओखलढुंगा- युवा संघ नेपालकाे जिल्ला भेलाले नयाँ नेतृत्व चयन गरेकाे छ । नेकपा एकिकृत समाजवादी निकट युवा संगठन युवा संघ नेपालकाे दाेस्राे जिल्ला भेलाबाट जिल्ला कमिटी गठन भएकाे हाे ।
जिल्ला भेलामा नेकपा (एकीकृत समाजवादी ) जिल्ला कमिटी ओखलढुंगाका अध्यक्ष मेख बहादुर खड्का, केन्द्रीय कमिटी सदस्य तथा जिल्ला ईञ्चार्ज नेत्र भट्टराई, युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष नितेश पाैडेल, केन्द्रीय निर्मला श्रेष्ठ, युवा संघका पूर्व सचिव सुरेन्द्रमान कार्की अनेरास्ववियू केन्द्रीय सचिव शम्भु घिमिरे, जिल्ला पार्टी सह ईन्चार्ज अमृत सागर, युवा संघ नेपालका सचिवालय सदस्य शुरेस कार्की लगायतकाे उपस्थिति रहेकाे थियाे ।
भेलाबाट इन्द्र नारायण प्रधानकाे अध्यक्षतामा २१ सदस्यीय जिल्ला कमिटी चयन भएकाे छ । कमिटीकाे उपाध्यक्षमा दुर्गा बस्नेत, सचिवमा अर्जुन कुमार दाहाल रहेका छन् । सदस्यहरुमा कुमार रम्तेल, अधिस ठटाल, संजित तामाङ, प्रसान्त वस्नेत, ईश्वर विसंखे, मनिषा धमला लगायत रहेका छन् । केही सदस्य अन्य संगठनबाट प्रवेश गराउने गरि खाली राखिएकाे नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव कमल खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस