ओखलढुंगा- सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्षमा २१ जना किसानलाई अनुदानमा मिनि टिलर अर्थात् हाते ट्याक्टर हस्तान्तरण गरेको छ ।
नगरपालिकाको कृषि विकास शाखामार्फत मकै प्रबर्द्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्याक्टर हस्तान्तरण गरिएको शाखा प्रमुख भिम दर्जीले बताए ।
लम्पी स्किन रोगका कारण गाइ गाेरु विरामी परेका र कतिपय मरेकाे अवस्थामा हाते ट्याक्टर वितरण प्रभावकारी हुने अपेक्षा गरिएकाे छ । किसानलाई आधुनिक खेतितर्फ आकर्षित गर्न नगरपालिकाले विभिन्न आधुनिक कृषि उपकरणहरु अनुदानमा वितरण गर्दै आएकाे छ ।
प्रतिक्रिया दिनुहोस