ओखलढुंगा- रुम्जाटारबाट काठमाडौँका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको फिक्कलस्थित कुइभीरमा दुर्घटना हुँदा मृत्यु भएका ६ मध्ये ३ जनाको सनाखत भएको छ ।
सनाखत भएकामा सोही गाडीका सहचालक मानेभञ्ज्याङ गाउँपालिका ६ का २४ वर्षीय देबबहादुर सार्की, सिद्धिचरण नगरपालिका ३ का पेशल भूजेल र उदयपुरको कटारी नगरपालिका २ बस्ने कुमारी क्याप्छाकी मगर रहेका छन् ।
अन्य २ महिला र एक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । राजमार्गको भित्तामा बस ठोक्किएर दुर्घट्ना हुँदा २ महिला, १ बालिका र तीन जना पुरुषको मृत्यु भएको हो ।
घाइतेमध्ये २२ जना खुर्कोटस्थित शुभजिवन अस्पताल तथा खुर्कोट सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई हेलिकाेप्टरबाट काठमाण्डाै लगिने जनाइएकाे छ ।
प्रतिक्रिया दिनुहोस