ओखलढुंगा- कम्प्युटर एसाेसिएसन नेपाल, महासंघ (क्यान महासंघ) काे जिल्ला समितिमा नयाँ नेतृत्व चयन भएकाे छ । साेमबार भएकाे अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेकाे हाे ।
समितिकाे अध्यक्षमा राजेन्द्र कुमार राई दाेस्राे कार्यकालका लागि चुनिएका हुन् । उपाध्यक्षमा हर्कराज कट्वाल, सचिव शिव कुमार श्रेष्ठ, कोषाध्यक्ष धनकाजि श्रेष्ठ र सह सचिव भिम कुमारी श्रेष्ठ रहेका छन् । समितिका सदस्यहरुमा पदम परियार, युपेश श्रेष्ठ छन् । मनोनित सदस्यमा धनकुमारी राई र कविराज राई छन् ।
क्यानमा सुचना प्रविधिसँग अवद्ध कम्प्युटर, विज्ञान एवं सुचना तथा संचार प्रविधि क्षेत्रमा कार्यरत व्यक्ति, फर्म र कम्पनी एवं संघ संस्था सदस्य हुन्छन् । यसले उनीहरुकाे हकहित, सुरक्षा र सुविधा प्राप्त गर्न पहल तथा अधिकार संरक्षण गराउन पहल गर्ने अध्यक्ष राईले बताए ।
क्यानकाे देशभरका ७४ जिल्ला शाखा र ७ प्रदेश समितिको रहेको बताइएकाे छ । देशभर कम्प्युटर विज्ञान एवं सुचना तथा संचार प्रविधिको उपयोग, विकास गर्ने तथा त्यस्तो ज्ञान सीप प्रविधि र तालिम प्राप्त एवं प्रदान गर्नको लागि आवश्याक व्यवस्था गर्ने गराउने उद्देश्य राखेकाे छ ।
प्रतिक्रिया दिनुहोस