ओखलढुंगा– गठबन्धनका उम्मेदवार चुनावी प्रचारका क्रममा मतदाताका घर दैलाेमा पुगेका छन् । प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारहरु आफ्ना निर्वाचन क्षेत्रका विभिन्न गाउँमा पुगेका हुन् ।
प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडा र प्रदेश क्षेत्र नं १ का उम्मेदवार प्रदिपकुमार सुनुवार चिशंखुगढीकाे भदाैरे कुइभीर पाेखरे सेर्ना र रातमाटेका गाउँमा पुगेका छन् । उनीहरुले जनतासँग गठबन्धनेका औचित्य बताउँदै मत मागिरहेका छन् ।
त्यस्तै प्रदेश सभा क्षेत्र नं २ उम्मदेवार बाबुराम गाैतम मानेभञ्याङ गाउँपालिकामा छन् । उनले राधपुर टाेक्सेल र सातसल्लेका जनतासँग साक्षत्कार गरिरहेका छन् ।
उम्मेदवाहरु मतदातासँगकाे छलफलमा उत्साहित रहेकाे नेताहरुले बताएका छन् । जिल्लामा गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा छ ।
प्रतिक्रिया दिनुहोस