ओखलढुंगा– गठबन्धनका उम्मेदवारले मानेभञ्याङ र चिशंखुगढीका जनतासँग अन्तरक्रिया गरेका छन् । भेटघाटमा पुगेका नेताहरुसहितका उम्मेदवारहरुले स्थानीयसँग छलफल गरेका हुन् ।
शनिवार भदाैरै हुँदै कुइभीर र खानीभञ्ज्याङ पुगेका नेताहरुले त्यहाँ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । संघ तर्फका उम्मेदवार रामहरि खतिवडा तथा प्रदेश तर्फ क्षेत्र नं १ का प्रदिपकुमार सुनुवार भेटघाट गर्दै मत माग्न व्यस्त छन् ।
त्यस्तै समानुपातिक तर्फ नेकपा एकिकृत समाजवादीका प्रदेश १ का उम्मेदवार राधा निराैलाले समानुपातिकमा कलम चिन्हमा मतदान गर्न अनुराेध गरेकी छन् । प्रत्यक्षमा गठबन्धनका खतिवडा र सुनुवारलाई रुख र समानुपातिकमा कलम चिन्हमा मतदान गर्न अपिल गरेकी हुन् ।
त्यस्तै प्रदेश तर्फ क्षेत्र नं २ का गठबन्धनका उम्मेदवार बाबुराम गाैतम मानेभञ्ज्याङकाे थाक्लेमा पुगेका छन् । उनले त्यहाँ स्थानीयसँग भेटघाट तथा फलफल गरेका छन् ।
उनीसँगै समानुपातिक तर्फ संघीय प्रतिनिधि सभाका उम्मेदवार चम्पा कार्की समेत छन् । गठबन्धनकाे प्रदेश क्षेत्र नं २ मा माओवादीका प्रत्यक्ष उम्मेदवार छन् । मतदातासँगकाे छलफलपछि आफु उत्साहित भएकाे र गठबन्धनले चुनावी जित्ने प्रतिनिधी सभाका उम्मेदवार रामहरि खतिवडाले बताए ।
प्रतिक्रिया दिनुहोस